घरेलु टोली दक्षिण अफ्रिकामाथि भारतको सहज जित

हिमाल प्रेस २४ कार्तिक २०८१ १०:३४
18
SHARES
घरेलु टोली दक्षिण अफ्रिकामाथि भारतको सहज जित दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै भारतीय टोलीका ओपनर सन्जु साम्सन। साथमा दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्लासेन। तस्बिर : बीसीआई

काठमाडौँ- भारतले टी-२० आई शृंखलाको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ।

भारतले दक्षिण अफ्रिकामाथि ६१ रनको जित हासिल गरेको छ। भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा अल आउट हुँदै १ सय १४ रन मात्र बनाउँन सक्यो।

दक्षिण अफ्रिकाका लागि हेनरिक केल्सेनले २२ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २५, जेरार्ड कोट्जेले ११ बलमा ३ छक्काको सहयोगमा २३, ओपनर रायन रिकल्टनले ११ बलमा २१ तथा डेविड मिलरले २२ बलमा १८ रन जोडे।

भारतका लागि वरुण चक्रवर्ती र रवि बिश्नोईले समान ३, आभेस खानले २ तथा अर्शदिप सिंहले १ विकेट लिए। त्यसअघि दक्षिण अफ्रिकाको डर्बनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनको योगफल तयार गर्‍यो।

भारतका लागि ओपनर सन्जुले ५० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय ७ रन बनाए। टी २० आई करियरको दोस्रो शतक सन्जुले ४७ बलमा पूरा गरे।

सन्जुले दोस्रो विकेटका लागि कप्तान सूर्यकुमार यादवसँग ६६ रनको साझेदारी गरे। सूर्यकुमारले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन जोड्दा तिलक बर्माले १८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३३ रन बनाए। रिंकु सिहले १० बलमा ११ रन बनाए।

भारतले १३.३ ओभरमा १ सय ५० रन जोडेकोमा दक्षिण अफ्रिकाले पछिल्ला ओभरमा राम्रो बलिङ गर्दा विशाल योगफल तयार गर्न सकेन। दक्षिण अफ्रिकाले पछिल्लो ५ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिएको थियो ।

दक्षिण अफ्रिकाका लागि जेरार्ड कोट्जेले ३ तथा मार्को यानसन, केशव महाराज, पिटर, प्याट्रिक क्रुजरले समान १ विकेट लिए।दुई देशबीचको दोस्रो टी २० आई आइतबार रहेको छ। यो शृंखला चार खेलको हो।

प्रकाशित: २४ कार्तिक २०८१ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast