यू-१९ एसिया कपमा भारत र पाकिस्तान एउटै समूहमा, नेपालको भिडन्त श्रीलंका र बंगलादेशसँग

हिमाल प्रेस २४ कार्तिक २०८१ ७:२७
54
SHARES
यू-१९ एसिया कपमा भारत र पाकिस्तान एउटै समूहमा, नेपालको भिडन्त श्रीलंका र बंगलादेशसँग

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ एसिया कपमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। विश्व क्रिकेटका महत्त्वपूर्ण मानिने यी दुई टोली एकै समूहमा परेसँगै समूह चरणमै खेल हेर्न पाइने भएको छ। नेपाल भारत र पाकिस्तानबाहेकको समूहमा परेको छ।

नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने छ। एसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल मंसिर १४ गते श्रीलंकाविरुद्व खेन्नेछ।

नेपालले समूह चरणको दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश तथा अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ। प्रतियोगिता ५० ओभरको हुनेछ।

प्रतियोगितामा सहभागी एसियाका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन्।

हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल मंसिर २३ गते हुनेछ।

प्रकाशित: २४ कार्तिक २०८१ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast