यू-१९ विश्व कपको एसिया छनोट : तेस्रो जितका लागि यूएईसँग भिड्दै नेपाल

हिमाल प्रेस २४ कार्तिक २०८१ ६:४९
34
SHARES
यू-१९ विश्व कपको एसिया छनोट : तेस्रो जितका लागि यूएईसँग भिड्दै नेपाल फाइल तस्बिर

काठमाडौँ- यू-१९ विश्व कपको एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)सँग भिड्दैछ। यूएईको घरेलु मैदानमा हुने यो खेलमा नेपाल जितको दबाबमा रहनेछ। यूएईको मैदानमा बिहान ११ः१५ बजे खेल सुरु हुनेछ।

बुधबार सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा बिहीबार कुवेतलाई १०८ रनले हराएको थियो।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ। यी सबै खेल डबर राउन्ड रोबिनमा हुनेछ। अर्थात, यी सबै टोलीसँग नेपालले दुईपटक भिड्नुपर्ने हुन्छ।

विश्वकपमा छनोटका लागि यी सबै टोलीलाई हराएर शीर्षमा पुग्न आवश्यक छ। चार टोलीमध्ये सबैभन्दा बलियो टोली यूएई हो। यसले गर्दा पनि यूएईसँगको खेल निर्णायक हुनेछ।

यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ। जसमा सहभागी हुने १६ मध्ये १५ टोली छनोट भइसकेका छन्। अब एसियाबाट अन्तिम टोली छनोट हुनेछ।

प्रकाशित: २४ कार्तिक २०८१ ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast