अरब क्लासिक लिग : नेपाल साउदी अरेबियासँग पराजित

हिमाल प्रेस २३ कार्तिक २०८१ १८:५०
54
SHARES
अरब क्लासिक लिग : नेपाल साउदी अरेबियासँग पराजित

काठमाडौँ- बेसबल युनाइटेडको आयोजनामा भएको अरब क्लासिक लिगमा नेपाली बेसबल टोली साउदी अरेबियासँग पराजित भएको छ।

संयुक्त अरब इमिरेट्सको दुबईमा आज (शुक्रबार) भएको च्याम्पिनयसिपमा नेपाल साउदी अरेबियासँग १४–२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए। प्रतियोगितामा नेपालको दोस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग १७–२ ले पराजित भएको थियो ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा श्रीलंका, प्यालेस्टाइन र साउदी अरेबिया छन्। यही कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार श्रीलंकासँग खेल्नेछ।

प्रकाशित: २३ कार्तिक २०८१ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast