झिनो अंकले घट्यो नेप्से

हिमाल प्रेस २१ कार्तिक २०८१ १५:३५
8
SHARES
झिनो अंकले घट्यो नेप्से

काठमाडौँ- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ। नेप्से १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा पुगेको हो। आज ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच भएको छ।

१२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
३२० वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २३८ पटक शेयर किनबेच भएको छ।

३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस्तै १३ वटा समूहमध्ये ८ वटा समूह घटेको छ भने बाँकी ५ वटा समूह बढेको छ। सबैभन्दा बढी म्यूचुअल फण्ड समूह १.०९ प्रतिशतले बढेर २१.५५ विन्दुमा पुगेको छ।

त्यस्तै, विकास बैंक ०.७३ प्रतिशतले, फाइनान्स ०.७९ प्रतिशतले, हाइड्रोपावर ०.४६ प्रतिशतले, ड्रेडिङ समूह ०.२९ प्रतिशतले बढेको छ। आज सबैभन्दा बढी होटल एण्ड टुरिजम ०.७५ प्रतिशतले घटेर ६८०७.९६ विन्दुमा पुगेको छ।

त्यस्तै, वाणिज्य बैंक ०.१६ प्रतिशतले, लगानी ०.३७ प्रतिशतले, जीवन बीमा ०.१३ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशतले, लघुवित्त ०.०९ प्रतिशतले, निर्जीवन बीमा ०.८७ प्रतिशतले र अन्य समूह ०.१४ प्रतिशतले घटेको छ।

प्रकाशित: २१ कार्तिक २०८१ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast