च्याम्पियन्स लिगमा उपाधि दाबेदार रियल र सिटीको हार

हिमाल प्रेस २१ कार्तिक २०८१ ८:२०
48
SHARES
च्याम्पियन्स लिगमा उपाधि दाबेदार रियल र सिटीको हार

काठमाडौँ- युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र रियल मड्रिड पराजित बनेका छन्।

लिभरपुलले भने बार्यन लिभरकुसेनमाथि ४-० को एकपछि जित हासिल गरेको छ। लिभरपुलको फराकिलो जितमा लुइस डियाजले ह्याट्रिक पूरा गरेका थिए। अर्को एक गोल कोडी गाक्पोका नाममा रह्यो।

रियल म्याड्रिड भने घरेलु मैदानमा इटालीयन क्लब एसी मिलानसँग ३-१ ले स्तब्ध बन्यो। रियल म्याड्रिडलगातार पराजयको सिकार हुने क्रममा ४ मध्ये लगातार २ खेलमा हार भोग्यो। केही दिन अघि मात्र लालिगामा एल क्लासिको भिडन्तमा रियल म्याड्रिड ४-० ले पराजित भएको थियो।

खेलमा मलिक थिवाउको गोलमार्फत मिलानले अग्रता बनाएको थियो। तर २३ औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए। तर पहिलो हाफमै अल्भारो मोराटाले मिलानलाई अग्रता दिलाए। ३९ औं मिनेटमा मोराटाले गोल गर्दा तेस्रो गोल ७३ औं मिनेटमा रिजन्डर्सले गरेका थिए।

त्यस्तै अर्को खेलमा सिटी भने पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग ४-१ ले स्तब्ध बन्यो। फिल फोडेनको गोलमार्फत चौंथो मिनेटमै अग्रता बनाएको सिटी पहिलो हाफको अन्तिम समयमा लय गुमाउन पुगेको थियो।

सिटी विरुद्ध भिक्टर गोयकर्सले ह्याट्रिक गरे। च्याम्पियन्स लिगकै अन्य खेलमा पिएसभीले जिरोनालाई ४-० ले पराजित गर्दा स्लोभन ब्राटिसलाभाले डिनामो जाग्रेवलाई ४(१ ले हरायो। त्यस्तै मोनाकोले बोलोग्नालाई १-० ले पराजित गर्दा बौउरुसिया डर्टमुन्डले स्टर्म ग्राजलाई १-० ले हरायो।

सेल्टीकले आरबी लेइपजिङ्गलाई ३-१ ले हराउँदा लिलसँग युभेन्टसले १-१ गोलको बराबरीमा रोकिएको थियो।

प्रकाशित: २१ कार्तिक २०८१ ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast