 
                             
                                            राजविराज- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन्। त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए।
उनलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकाबारे जानकारी दिएका थिए।
अस्पताल भवन निर्माणकर्ता कम्पनीले समयमा काम पूरा नगर्दा तेस्रो पटक म्याद थपिएको जानकारी दिँदै प्रमुख तिवारीले भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो गरे ।
                            प्रकाशित: २० कार्तिक  २०८१ १७:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 