स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङ गर्ने, ललित र रिजनलाई अवसर

हिमाल प्रेस १९ कार्तिक २०८१ २१:५२
58
SHARES
स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङ गर्ने, ललित र रिजनलाई अवसर

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डसँग नेपालले टस हारेको छ।

डालसमा रहेको ग्राण्ड प्रेरीमा स्कटल्यान्डका कप्तान रिची बेरिंग्टनले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएका हुन्। अब नेपालले सुरुवातमा ब्याटिङ गर्ने छ।

आजको खेलमा करण केसी र कुशल मल्ल बेन्चमा रहँदा रिजन ढकाल र ललितनारायण राजवंशीले मौका पाएका छन्।

करण सिरिजबाट बाहिरिएका कारण आज खेलिरहेका छैनन्। उनको स्थानमा रिजनले तथा कुशलको स्थानमा स्पिनर ललितनारायण राजवंशीले टिममा स्थान बनाएका हुन्।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, रिजन ढकाल, ललितनारायण राजवंशी र सन्दीप लामिछाने

प्रकाशित: १९ कार्तिक २०८१ २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast