हङकङ सिक्सेसमा नेपाल यूएईसँग ५ विकेटले पराजित

हिमाल प्रेस १८ कार्तिक २०८१ १०:१९
28
SHARES
हङकङ सिक्सेसमा नेपाल यूएईसँग ५ विकेटले पराजित

काठमाडौँ- हङकङ सिक्सेसमा नेपाल यूएईसँग पराजित भएको छ । आइतबार हङकङमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।

जितका लागि नेपालले दिएको ९५ रनको लक्ष्य यूएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । यूएईका लागि आसिफ खानले सर्वाधिक ५५ रन जोडे ।

उनले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट रहे । अंश टन्डनले २५ र खालिद शाहले १५ रन जोडे । नेपालका लागि राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि विवेक यादवले सर्वाधिक ४९ रन जोड्दै नट आउट रहे । १६ बलमा ३ चौका र ५ छक्काको प्रहार गर्दै उनले ४९ रन बनाए ।

यसैगरी लोकेश बमले १९, प्रतिश जिशीले १४ र कप्तान सन्दीप जोराले ७ रन बनाए। राशिद खान शून्य रनमा आउट भए ।

यूएईका लागि आकिफ राजाले २ र सञ्चित शर्माले १ विकेट लिए ।

प्रकाशित: १८ कार्तिक २०८१ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast