विश्व कप लिग टू अन्तर्गत आज अमेरिकासँग भिड्दै नेपाल

हिमाल प्रेस १७ कार्तिक २०८१ १२:०१
122
SHARES
विश्व कप लिग टू अन्तर्गत आज अमेरिकासँग भिड्दै नेपाल तस्बिर स्रोत : नेपाल क्रिकेट संघ

काठमाडौँ- विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवशीय सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाबीचको खेल शनिबार हुँदैछ।

खेल नेपाली समय अनुसार शनिवार बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ। सिरिजमा अर्को टोली स्कटल्याण्ड छ।

यो सिरिजमा नेपाल दोस्रो पटक अमेरिकासँग खेल्दैछ। आइतबार सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो। बुधबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।

नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टुमा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ। यो नेपालको तेस्रो सिरिज हो।

नेपाल १० खेलमा २ जित, ७ हार र १ खेल रद्द हुँदा ५ अंक जोड्दै सातौं स्थानमा छ। ९ खेलमा ६ जित र ३ हार बेहोरेको अमेरिका १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपाल र अमेरिकाबीचको हेड टु हेड

नेपाल र अमेरिका हालसम्म ओडिआईमा ८ पटक आमने सामने भएका छन् । जसमा ४ खेलमा नेपालले जित हात पार्दा ३ मा पराजित भएको छ । नेपाल र अमेरिकाबीचको १ खेल भने बराबरीमा सकिएको छ ।

नेपालले घरेलु भूमीमा अमेरिकाविरुद्ध खेलेको दुई खेलमा शतप्रतिशत जित निकालेको थियो ।

अमेरिकामा भएको खेलमा नेपालले २ खेलमा हार र १ मा बराबरीको नतिजा निकालेको थियो । तथस्ट भूमीमा भएको खेलमा भने नेपालले १ मा हार र २ मा जित निकालेको थियो ।

यो सुरिजको पछिल्लो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले हराएको थियो । सो खेलमा २ सय ८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालले यो सिरिजको अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

प्रकाशित: १७ कार्तिक २०८१ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast