विभिन्न मुद्दामा फरार २४ जना पक्राउ

हिमाल प्रेस १३ कार्तिक २०८१ १५:४२ | Tuesday, October 29, 2024
विभिन्न मुद्दामा फरार २४ जना पक्राउ

राजविराज (सप्तरी)– विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो। वारदात पश्चात फरार रहेका ती प्रतिवादीलाई तिहारको मौकामा गाउँघरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनकाअनुसार पक्राउ पर्नेमा चोरी, लेनदेन, कुटपिट, जालसाजी र लागुऔषध कसूरका प्रतिवादी छन्। अदालतले रु पाँच जरिवानादेखि सात दिन कैदसम्म भुक्तानी गर्न बाँकी रहेका प्रतिवादीसमेत पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

त्यसैगरी राजविराज नगरपालिका–६ सखडा रोडबाट रु तीन लाख नौ हजार छ सय ९५ को भन्सार छली गरेको कपडासहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा रूपनी गाउँपालिका–५ का २६ वर्षीय चुनचुन यादव र राजगढ गाउँपालिका–२का २८ वर्षीय सञ्जय साह छन्।

प्रकाशित: १३ कार्तिक २०८१ १५:४२ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast