काठमाडौँ- कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका भोजपुरका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन्।
झापा मेचीनगर नगरपालिका-११, धाईजनकी ४८ वर्षीया सर्मिला तामाङको हत्या गरेर फरार भएका राईलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको हो। राई सर्मिलाका श्रीमान् रहेको प्रहरीले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट १ असोज २०८१ मा साविक युँ गाविस-५ का राईविरूद्ध रेड नोटिस जारी भएको थियो।
राईमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाको जिम्मा लगाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
प्रकाशित: १३ कार्तिक २०८१ १३:५१
प्रतिक्रिया