विश्वविद्यालय स्थापनाका लागि मिहिनेत गर्नेको नाम स्वर्ण अक्षरले लेखिने छ : पूर्वराष्ट्रपति यादव

हिमाल प्रेस १२ कार्तिक २०८१ २०:४४
14
SHARES
विश्वविद्यालय स्थापनाका लागि मिहिनेत गर्नेको नाम स्वर्ण अक्षरले लेखिने छ : पूर्वराष्ट्रपति यादव

जनकपुरधाम- पूर्वराष्ट्रपति डा.रामवरण यादवले जनकपुरधामको शिक्षा तहसनहस भएकोबेला राजर्षि जनक विश्वविद्यालयको स्थापना भएको बताएका छन्।सोमबार जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालयको सातौँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ठूलो मिहिनेत र परिश्रमपछि जनकपुरधाममा स्थापना भएको विश्वविद्यालयले ज्ञान प्रसार गर्नुका साथै क्षमता विकास गर्न मद्त पुर्‍याउने आफ्नो विश्वास रहेको यादवले बताए।

‘धेरै मिहिनेतपछि यो विश्वविद्यालयको कानुन बनेको छ, जनकपुरमा शिक्षा तहसनहस भएको बेला विश्वविद्यालय स्थापना भएको छ,’ पूर्वराष्ट्रपति यादवले भने,‘विश्वविद्यालयको स्थापनाका लागि भूमिका खेल्नु भएकाहरूको नाम स्वर्ण अक्षरले लेखिने छ।’

उनले यो भूमि वैदिककालदेखि ज्ञानको भूमि रहेकाले राजर्षि जनक विश्वविद्यालय वैश्विकस्तरको ज्ञान हासिल गर्न कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १२ कार्तिक २०८१ २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =