दोहोरो अंकले बढ्यो सेयर बजार

हिमाल प्रेस १२ कार्तिक २०८१ १५:४९ | Monday, October 28, 2024
दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ- चार कारोबार दिनपछि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो। आज परिसूचक २६४५.३६ बिन्दुमा उक्लिएको छ।

आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ।

आज जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै रिभर फल्स पावर र मेन्छिएम हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।

सोमबार कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो। यसको ३३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। आज कुल २१३ कम्पनीको मूल्य बढेको छ। २८ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो।

प्रकाशित: १२ कार्तिक २०८१ १५:४९ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast