श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त

हिमाल प्रेस १२ कार्तिक २०८१ १०:४७
6
SHARES
श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप तीनवटा श्रम गन्तव्यमा काउन्सिलर श्रम र चारवटा गन्तव्यमा श्रम सहचारी नियुक्त गरेको छ।

मन्त्रालयले गत भदौ १८ गते तीन श्रम गन्तव्यमा काउन्सिलर श्रम र चार गन्तव्यमा श्रम सहचारीका लागि दरखास्त आह्वान गरेको थियो।

दक्षिण कोरिया, मलेसिया र कतारका लागि उपसचिव स्तरको काउन्सिलर श्रम र यूएई, साउदी अरेबियाको जेद्दा, मलेसिया र ओमानका लागि शाखा अधिकृत स्तरका श्रम सहचारी छनोट गरेर नियुक्त गरिएको श्रम मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाका लागि मैया कँडेल, मलेसियाका लागि कृष्णप्रसाद भुसाल र कतारका लागि सीता सुवेदी काउन्सिलर श्रम नियुक्त भएका छन्। कँडेल वैदेशिक रोजगार विभाग र अन्य मन्त्रालयमा कार्यरत थिए।

मन्त्रालयले यूएईको श्रम सहचारीमा पंकज लाभ कर्ण, साउदी अरेबियाको जेद्दाका लागि जीवन कुमार घिमिरे, मलेसियाका लागि विकास कुमार रजक र ओमानका लागि दामोदर ज्ञवालीलाई नियुक्त भएका छन्।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत पुष्पराज कटुवाल र कल्पना खनाल रेग्मी प्रतीक्षा सूचीमा परेका छन्। नियुक्ति पाएकामध्ये रजक विभाग र अन्य हाल मन्त्रालयमा कार्यरत रहेका छन् ।

प्रकाशित: १२ कार्तिक २०८१ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =