अफगानिस्तानले पहिलोपटक जित्यो इमर्जिङ टिम्स एसियाकप

हिमाल प्रेस ११ कार्तिक २०८१ २२:३९
30
SHARES
अफगानिस्तानले पहिलोपटक जित्यो इमर्जिङ टिम्स एसियाकप

काठमाडौँ- अफगानिस्तानले इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ। आइतबार राति ओमान क्रिकेट मैदानमा भएको फाइनल खेलमा श्रीलंका ‘ए’ लाई पराजित गर्दै अफगानिस्तान ‘ए’ ले उपाधि जितेको हो।

फाइनल खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो। क्रिकेटको इतिहासमा अफगानिस्तानले पहिलोपटक इमर्जिङ टिम्स एसियाकपको उपाधि जितेको हो।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३३ रन बनाएको थियो।

१३४ रन पछ्याएको अफगानिस्तानले ११ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

अफगानिस्तानका लागि सिद्धिकुल्लाह अतलले सर्वाधिक ५५ रन बनाए। ओपनिङका लागि आएका उनी अन्त्यसम्म आउट भएनन्।

त्यस्तै करिम जन्नतले ३३, द्रविस रसुलले २४ र मोहम्मद सिद्धिकीले १६ रनको योगदान दिए।

श्रीलंकाका तर्फबाट ब्याटिङ गर्दै सहान अराचिगेले अविजित रहँदै ६४ रन जोडेका थिए। उनीबाहेक श्रीलंकाका अन्य ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन्।

प्रकाशित: ११ कार्तिक २०८१ २२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast