दर्शकको उच्च मागपछि अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन

हिमाल प्रेस ११ कार्तिक २०८१ १६:१५ | Sunday, October 27, 2024
दर्शकको उच्च मागपछि अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन

काठमाडौँ- दर्शकको उच्च मागपछि अमेरिकामा फिल्म ‘बेहुली फ्रम मेघौली पुनः प्रदर्शन भएको छ। अमेरिकाको टेक्ससमा ३० भन्दा बढी सो टाइमसहित शुक्रबारदेखि  वितरक कम्पनिले पुनः  प्रदर्शन गरिरहेकाे छ।

हलमा दर्शकको उल्लेखनीय चाप देखिएको अमेरिकाको लागि फिल्मका वितरक रबिन कार्की ‘रायन रेज’ले बताए। उनका अनुसार अब कोलोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टनलगायत २० भन्दा बढी राज्यमा पनि प्रदर्शन गरिनेछ।

अमेरिकाको लागि प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट, र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन्।

सजन काफ्ले र आकाश बरालद्वारा लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल खड्का, स्वस्तिमा खड्का, वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मीको अभिनय छ।

प्रकाशित: ११ कार्तिक २०८१ १६:१५ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast