पोखरामा गोदावारी पुष्प प्रदर्शनी हुने

हिमाल प्रेस १० कार्तिक २०८१ २०:०३ | Saturday, October 26, 2024
पोखरामा गोदावारी पुष्प प्रदर्शनी हुने

पोखरा– तिहारको अवसरमा पोखरामा सधैँका वर्ष झैं यसपालि पनि पुष्प मेलाको तयारी गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले यही १२–१६ कात्तिकसम्म आठौं गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला–२०८१ आयोजना गर्न लागेको हो।

शनिबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष एवं मेला संयोजक रामप्रसाद सुवेदीले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलामा २३ वटा प्रदर्शनी कक्ष राखिने जानकारी दिए। तीमध्ये व्यावसायिक २०, कृषि सामग्रीका २ र सूचनामूलक १ स्टल रहने छन्।

यो मेला पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घरआँगन तथा बगैँचा सजाउन चाहने फूल बिरुवाप्रति अभिरुचि राख्ने सबैका निम्ति उपयोगी हुने आयोजकको विश्वास छ। पुष्प व्यवसायको क्षेत्रमा भए गरेका गतिविधिसहितका जानकारी पनि मेला स्थलमा दिइने जनाइएको छ।

२०६२ सालमा कास्कीमा विधिवत् स्थापना भई पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवद्र्धनमा फान कास्की क्रियाशील छ।
मेलामा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावारी फूल बिरुवाको साथै यस वर्ष भित्रिएका गोदावरी फूलका नयाँ प्रजातिका फूलबिरुवासमेत प्रदर्शनी तथा बिक्री वितरण हुने छन्। यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनका फूलबिरुवासमेत प्रदर्शनी गरिने मेला संयोजक सुवेदीले बताए।

गोदावारी फूल प्रदर्शनीको करिब २० हजार जना दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिको अपेक्षा छ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल ९फान० कास्कीमा हाल ३९ जना कृषक आबद्ध छन्।

‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवद्र्धनमा गोदावारीको सान’ भन्ने मूलनारा तय गरिएको छ।

सिजनल मनकामना नर्सरीका संचालक दिलबहादुर गुरुङका अनुसार पोखरामा यस वर्ष मौसम (बढी पानी पर्दा) विगतमा जस्तो फूल नफुलेको बताए। यद्यपि, पोखराको माग भने पूरा गर्न सकिने उनी बताउँछन्।

प्रकाशित: १० कार्तिक २०८१ २०:०३ | Saturday, October 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast