काठमाडाैँ – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको आक्रमणमा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ।
आदिवासीहरूको बसोबास रहेको उत्तरी वजिरिस्तानमा भएको घटनामा आतंकवादीहरूले सेना र प्रहरीको संयुक्त जाँच चौकीमा आक्रमण गरेपछि भएको भिडन्तका क्रममा यो हताहत भएको हो।
मृत्यु हुनेमा चार प्रहरी, एक सैनिक जवान र दुई सर्वसाधारण रहेको अधिकारीहरूले जनाएका छन्। आक्रमणमा दुई प्रहरी र एक सैनिक घाइते भएका छन्।
घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रकाशित: १० कार्तिक २०८१ १८:४५
प्रतिक्रिया