उपेन्द्रले मधेशलाई धोका दिए : मन्त्री यादव

हिमाल प्रेस १० कार्तिक २०८१ १८:१८
12
SHARES
उपेन्द्रले मधेशलाई धोका दिए : मन्त्री यादव खानेपानीमन्त्री प्रदीप यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशलाई पटक–पटक धोका दिएको बताएका छन्।

शनिबार वीरगञ्जमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव यादवले सत्ता लोलुपतका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्रले मधेशलाई धोका दिएका बताए।

जसपा नेपालको नेतृत्वले सत्ताका लागि अनैतिक सम्झौता गरेको आरोप लगाउँदै उनले आफूहरूले कदापि त्यस्तो नगर्ने बताए।

केवल राजनीति गर्न मात्र नभएर स्थायी परिवर्तन र जनताको जीवनस्तर सुधार्न आएको उनको भनाइ थियो।

कार्यक्रममा पर्साको विन्दवासिनी गाउँपालिका र पर्सागढी नगरपालिकाका जसपा नेपालका नेता कार्यकताहरू जसपामा प्रवेश गरेका थिए। मन्त्री यादवले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =