आईसीसी लिग २ : अमेरिका र स्कटल्याण्डसँग खेल्न नेपाली टोलीको घोषणा

हिमाल प्रेस १० कार्तिक २०८१ १८:०४ | Saturday, October 26, 2024
आईसीसी लिग २ : अमेरिका र स्कटल्याण्डसँग खेल्न नेपाली टोलीको घोषणा फाइल तस्बिर।

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र स्कटल्याण्डसँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले आईसीसी लिग २ अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग खेल्ने नेपाली टोलीको घोषणा गरेको हो।

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। दुई खेलाडीलाई भने रिजर्भमा राखिएको छ।

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी सामेल भएका छन्। देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको क्यानले जनाएको छ।

लिग २ अन्तर्गतका खेलमा नेपालले हालसम्म एउटा खेलमात्र जितेको छ। घरेलु मैदानमा नेदरल्यान्ड्सलाई पराजित गरेको नेपाली टोलीले बाँकी तीन खेलमा हार बेहोर्नुपरेको छ।

केही दिनअघि क्यानडामा भएका तीन खेलमा पनि नेपालले हार बेहोरेको थियो। ८ खेल खेलेको नेपालसँग ३ अंक रहेको छ।

प्रकाशित: १० कार्तिक २०८१ १८:०४ | Saturday, October 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast