१२ वर्षपछि घरेलु मैदानमा भारतले हार्‍यो टेस्ट श्रृंखला

हिमाल प्रेस १० कार्तिक २०८१ १७:३७ | Saturday, October 26, 2024
१२ वर्षपछि घरेलु मैदानमा भारतले हार्‍यो टेस्ट श्रृंखला

काठमाडौँ- भारत र न्युजिल्यान्डबीच जारी टेस्ट म्याच श्रृंखलाको दोस्रो म्याचमा पनि भारतले हार बेहोर्नुपरेको छ।

न्युजिल्यान्डले श्रृंखलाको दोस्रो म्याच भारतलाई ११३ रनको अन्तरले हराएको हो।

पुणेमा भएको दोस्रो टेस्टमा टस जितेर न्युजिल्यान्डले ब्याटिङको निर्णय गरेको थियो। पहिले ब्याटिङ गर्दै न्युजिल्यान्डले पहिलो इनिङमा २५९ रन बनायो। भारतीय टिम भने पहिलो इनिङमा १५६ रनको स्कोरमा अलआउट भयो।

दोस्रो इनिङमा ब्याटिङ गर्दै न्युजिल्यान्डले २५५ रन बनाउँदै भारतसमक्ष जितका लागि ३५९ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जितको लक्ष्य पछ्याएको भारतीय टिम २४५ रनमा अलआउट भयो।

भारतको तर्फबाट दोस्रो इनिङमा यशस्वी जयसवालले सर्वाधिक ७७ रन बनाए। दोस्रो इनिङमा न्युजिल्यान्डका लागि स्पिनर मिशेल सेंटनरले ६ विकेट लिए।

यसअघि भारतले सन् २०१२ मा टेस्ट श्रृंखला हारेको थियो। त्यो बेला इंग्ल्यान्डले भारतलाई पराजित गरेको थियो।

तीन टेस्ट म्याचको श्रृंखलामा न्युजिल्यान्डले २–० को अग्रता लिएको छ। बेंगलुरूमा खेलिएको पहिलो टेस्ट न्युजिल्यान्डले ८ विकेटले जितेको थियो।
श्रृंखलाको अन्तिम टेस्ट म्याच १ नोभेम्बरदेखि मुम्बईमा सुरू हुनेछ।

प्रकाशित: १० कार्तिक २०८१ १७:३७ | Saturday, October 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast