अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी भइसक्यो : कृषिमन्त्री

हिमाल प्रेस ९ कार्तिक २०८१ १६:४० | Friday, October 25, 2024
अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी भइसक्यो : कृषिमन्त्री

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले आज (शुक्रबार) आयोजना गरेको कृषिमा लगानी दशक सान्दर्भिकता र निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरूको सुझाव कार्यान्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने पनि बताए।

सरकारले कतिपय कृषि उपजहरूको आयातमा रोक लगाइएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी भएको बताए। कृषिको विकासका लागि थप लगानी वृद्धि गर्न पनि आवश्यक रहेको रहेको उनको भनाइ छ।

मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह पनि गरे।

प्रकाशित: ९ कार्तिक २०८१ १६:४० | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast