‘पूर्ण बहादुरको सारङ्गी’ को चाैथाे गीत ‘रैया चाँदीको’

हिमाल प्रेस ८ कार्तिक २०८१ ११:१९
8
SHARES
‘पूर्ण बहादुरको सारङ्गी’ को चाैथाे गीत ‘रैया चाँदीको’

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को चाैथाे गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ। आशिष अविरल र मेलिना राईको स्वर रहेको गीतमा नवराज पन्तको शब्द छ। गीतमा गायक अविरलले नै संगीत भरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली र बुद्दि तामाङ रोधी गाइरहेको देख्न सकिन्छ। यसअघि फिल्मकाे ‘मैझारो’, ‘दाहिने हातैमा’, ‘काँधेकुरी’ गरी तीन गीत सार्वजनिक भइसकेकाे छ। फिल्म यही कात्तिक १५ देखि प्रदर्शन हुनेछ।

सरोज पौडेलको कथा र निर्देशनमा बनेको फिल्म गन्धर्व समुदायको जीवनकथासँग सम्बन्धित छ। फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुतिमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =