‘तेल भिसा’ को तेस्रो गीत ‘कति रमाइलो’

हिमाल प्रेस ७ कार्तिक २०८१ ११:४०
14
SHARES
‘तेल भिसा’ को तेस्रो गीत ‘कति रमाइलो’

काठमाडौँ- फिल्म ‘तेल भिसा’ को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक भएको छ। गीतको भिडियोमा फिल्मकी मुख्य कलाकार वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ।

भिडियोमा अमेरिकामा बस्दै आएका दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवरसहित फिल्मका कलाकार विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेको अभिनय छ। भिडियोको काेरियोग्राफी शिशिर खातीले गरेका हुन्।

एक नारायण भण्डारीको शब्द रहेको गीतमा अञ्जु पन्त र आशिष अविरलको स्वर छ। गीतमा गायक अविरलले नै संगीत भरेका छन्।

यसअघि फिल्मको ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ बोलको गीत चर्चित  छ। मंसिर ७ मा प्रदर्शन हुने फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा अभिनेता विपिन कार्की बाबु र छोराको दोहोरो भूमिकामा देखिनेछन्। वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन्। फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीले लगानी गरेका छन्।

प्रकाशित: ७ कार्तिक २०८१ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =