‘राजागंज’ चैत १ मा प्रदर्शन हुने

हिमाल प्रेस ६ कार्तिक २०८१ १३:३४ | Tuesday, October 22, 2024
‘राजागंज’ चैत १ मा प्रदर्शन हुने

काठमाडौँ- दीपक रौनियारको निर्देशनमा बनेको फिल्म ‘राजागंज’ आगामी चैत १ मा प्रदर्शन हुने भएको छ। फिल्म निर्माण टिमले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै चैत १ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘पूजा, सर’ नाममा प्रिमियर भएको फिल्म नेपालमा भने ‘राजागंज’ नामबाट प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ। फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वप्रसिद्ध फिल्म महोत्सवमा चर्चा बटुलिसकेको छ।

केही दिनअघि फिल्मको कार्यकारी निर्मातामा बलिउडका निर्देशक अनुराग कश्यप जोडिएसँगै नेपालमासमेत यसको चर्चा भइरहेको छ। फिल्ममा सांसदको छोरासहित दुई बालक अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरी भूमिकाको कथामा आधारित छ।

सोसल ड्रामा र एक्सन जनरामा बनेको फिल्ममा आशा मगराती मुख्य भूमिकामा छिन्। सहायक भूमिकामा दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, पशुपति राई, निकिता चाण्डक, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ।

प्रकाशित: ६ कार्तिक २०८१ १३:३४ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast