छायांकनमा ‘रंगी’

हिमाल प्रेस ६ कार्तिक २०८१ १२:४५ | Tuesday, October 22, 2024
छायांकनमा ‘रंगी’

काठमाडौँ- फिल्म ‘रंगी’ छायांकन सुरु भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको मङ्गलबार (आज)बाट छायांकन सुरु गरिएको हो।

सुरेश न्यौपानेको डेब्यु निर्देशनमा बन्ने फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ।

फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ। निर्देशक न्यौपानेले फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशन रुपमा काम गरेका थिए।

निर्माण टिमले यसअघि फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ। सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ। फिल्म सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: ६ कार्तिक २०८१ १२:४५ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast