यस्तो छ ‘केटी हराएको सूचना’ को टिजर

हिमाल प्रेस ६ कार्तिक २०८१ ११:०४
8
SHARES
यस्तो छ ‘केटी हराएको सूचना’ को टिजर

काठमाडौँ- फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को टिजर सार्वजनिक भएको छ। संवादरहित टिजरमा फिल्मका मुख्य पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेम, द्वन्द्व, र रहस्यको कथा प्रस्तुत गरिएको छ। जसमा प्रेमका उतारचढाव पनि देखाइएको छ। फिल्म कात्तिक ३० मा प्रदर्शन हुँदैछ।

फिल्म ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका छन्। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ। फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो। फिल्ममा दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

अमर महर्जनको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी छ।

यसअघि फिल्मको संवादरहित पहिलाे टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ।

प्रकाशित: ६ कार्तिक २०८१ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =