स्पष्टीकरणपछि विन्दाको घुमाउरो जबाफ : पार्टीलाई करोड दिनेले अर्बको फिर्ता लिन सक्छ

हिमाल प्रेस ५ कार्तिक २०८१ ७:५० | Monday, October 21, 2024
स्पष्टीकरणपछि विन्दाको घुमाउरो जबाफ : पार्टीलाई करोड दिनेले अर्बको फिर्ता लिन सक्छ

काठमाडौँ- नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले घुमाउरो शैलीमा आफूले पार्टी हितमा बोलेको दाबी गरेकी छन्।

नेकपा एमालेले बनाउन लागेको पार्टी कार्यालय भवनमाथि प्रश्न उठाएपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो। त्यसको जबाफ स्वरूप पाण्डेले सामाजिक सञ्जालमा आफूले सही बताएको जनाएकी छन्। उनले पार्टीलाई करोड दिनेले अर्ब फिर्ता गर्ने सोच राखेको हुने बताएकी छन्।

नेतृ पाण्डेले विगत भूमिगतकालदेखि जनताको एक एक पैसा जम्मा गरिएर निर्माण भएको पार्टीमा करोड दिएर अरब फिर्ता गर्ने सोच भएका मान्छेहरु हाबी हुन थालेको बताएकी छन्।

उनले भूमिगतकालमा सेल्टर लिएर बस्दा जनताको सामिप्यताको प्रसंग जोड्दै त्यसबेला एक एक पैसा जम्मा गरेर पार्टी जोगाउने श्रमजीवी जनता कहाँ छन्? भनेर प्रश्न समेत गरेकी छन् ।

एमाले सचिवालय बैठकले नेतृ पाण्डेसहित नेताद्वय भीम रावल र उषकिरण तिम्सेनालाई केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

प्रकाशित: ५ कार्तिक २०८१ ७:५० | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast