अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

हिमाल प्रेस ५ कार्तिक २०८१ ७:२९ | Monday, October 21, 2024
अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ- दुई देशीय शृंखलाको अन्तिम खेल जित्नका लागि अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनायो। अमेरिकाका लागि सैतेजा मुक्कामुल्लाहले ६८ रनको अर्धशतकीय इनिङ्स खेले। यसका अतिरिक्त मिलिन्ड कुमारले ४३ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए।

दुई देशीय शृंखलाको यो अन्तिम हो। यसअघिका दुई खेल जित्दै नेपालले शृंखला आफ्नो पक्षमा पारेको छ। अमेरिका आजको खेल जित्दै क्लिनसीप हुनबाट बच्न चाहन्छ। अबको केही समयमा खेलको दोस्रो इनिङ्स सुरु हुनेछ।

प्रकाशित: ५ कार्तिक २०८१ ७:२९ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast