लेक लागेर पर्यटकको ज्यान गयो

हिमाल प्रेस ४ कार्तिक २०८१ १३:१२
6
SHARES
लेक लागेर पर्यटकको ज्यान गयो प्रतीकात्मक तस्बिर।

मनाङ- मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ। ङिस्याङ-३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्यान्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चुलु फरेस्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्यान्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए।

राति सकुशल सुतेका सेसलर बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको केसीले बताए। ‘लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो’, उनले भने, ‘सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ।’ रासस

प्रकाशित: ४ कार्तिक २०८१ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =