काठमाडौँ- अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र अमेरिकाको खेल सुपर ओभरमा धकेलिएको छ।
नेपालले दिएको १७१ रनको लक्ष्य अमेरिकाले जबाफी ब्याटिङमा निर्धारित २० ओभरमा भेट्टाएपछि खेल सुपर ओभरमा धकेलिएको हो। अन्तिम ओभरमा सोमपाल कामीले किफायती रन खर्चिदै सुपरओभरमा धकेलेका थिए।
यसअघिको पहिलो खेलमा नेपाल विजयी बनेको थियो।
प्रकाशित: ४ कार्तिक २०८१ ९:३१ | Sunday, October 20, 2024
प्रतिक्रिया





