तीन अर्ब ५८ करोड राजस्व संकलन

हिमाल प्रेस ४ कार्तिक २०८१ ८:०६ | Sunday, October 20, 2024
तीन अर्ब ५८ करोड राजस्व संकलन फाइल तस्बिर।

झापा- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व संकलन गरेको छ। उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो।

चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए। आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ संकलन भएको थियो।

उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजार रुपैयाँले बढी हो। आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो।

आव २०८१/८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँले राजस्वको लक्ष्य घटाइएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ ८:०६ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast