इजरायलका प्रधानमन्त्री नेतन्याहूको निवासमा लेबनानले गर्‍यो ड्रोन आक्रमण

हिमाल प्रेस ३ कार्तिक २०८१ १६:१५
14
SHARES
इजरायलका प्रधानमन्त्री नेतन्याहूको निवासमा लेबनानले गर्‍यो ड्रोन आक्रमण फाइल तस्बिर

काठमाडौँ- इजरायलले प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको निजी निवासमा लेबनानले ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

लेबनानले प्रधानमन्त्री निवासलाई निशाना बनाएर ड्रोन आक्रमण गरे पनि कुनै हाताहाती नभएको इजरायलले जनाएको हो।

इजरायल सरकारका एक प्रवक्ताले ड्रोन आक्रमणका बेला प्रधानमन्त्री नेन्याहू र उनकी पत्नी निवासमै रहेको बताएका छन्।

इजरायली प्रधानमन्त्री नेतन्याहूको निजी निवास शिजरिया क्षेत्रमा रहेको छ। यसअघि इजरायली सेनाले शनिबार बिहान तीनवटा ड्रोन आक्रमण भएको बताएका थियो।

जसमध्ये एउटा ड्रोनले एक भवनको निशाना बनाएको र बाँकी दुईलाई इजरायलले रोकेको इजरायलले बताएको थियो। ड्रोनले निशाना बनाएको भवन प्रधानमन्त्री नेतन्याहूको निजी निवास रहेको बताइएको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले शुक्रबार अबेर राति लेबनानको तर्फबाट करिब २० वटा मिसाइलले आक्रमण गरिएको जनाएको छ। जसमध्ये केही मिसाइललाई रोकिएको र केही खुला क्षेत्रमा खसेको आईडीएफको भनाइ छ।

प्रकाशित: ३ कार्तिक २०८१ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =