चितवनमा थुनुवा मृत अवस्थामा फेला

हिमाल प्रेस ३ कार्तिक २०८१ १०:०७ | Saturday, October 19, 2024
चितवनमा थुनुवा मृत अवस्थामा फेला

चितवन- इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन्।

आज बिहान ४ः४५ बजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनलाई भरतपुर अस्पतालले मृत घोषणा गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १०:०७ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast