रविसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

हिमाल प्रेस २ कार्तिक २०८१ १८:२४ | Friday, October 18, 2024
रविसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी जिल्ला अदालत कास्की

काठमाडौँ- जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले पोखराको सूर्य दर्शन सहकारी ठगीमा १४ जनालाई एकैपटक पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी भएका सबै सहकारी ठगीमा जोडिएकाहरू छन्।

जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले सबैलाई पक्राउ अनुमति दिएको हो। जिल्ला जिल्लाले लामिछाने, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो।

जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख छ।

प्रकाशित: २ कार्तिक २०८१ १८:२४ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast