अब स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

हिमाल प्रेस २ कार्तिक २०८१ १५:४५ | Friday, October 18, 2024
अब स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार मन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहमति गर्दै यातायात व्यवसायी र महिला स्वास्थ्य स्वयंसेविकाका प्रतिननिधि।

काठमाडौँ- महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्।

मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारीसमेत भएको छ। कात्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाएका थिए।

मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्त्वपूर्ण रहेको बताए। मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरू चिन्तित रहेको बताए।

महासंघका अध्यक्ष स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यावसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत सुविधा उपलब्ध गराउने घोषणा गरे। मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ।

प्रकाशित: २ कार्तिक २०८१ १५:४५ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast