उपनिर्वाचनमा महिला उम्मेदवार उठाउन आयोगको निर्देशन

हिमाल प्रेस १ कार्तिक २०८१ १५:१९ | Thursday, October 17, 2024
उपनिर्वाचनमा महिला उम्मेदवार उठाउन आयोगको निर्देशन निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले आगामी मंसिरमा हुने उपनिर्वाचनमा महिला उम्मेदवार उठाउनेबारे निर्देशन जारी गरेको छ। आज बिहीबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेस गर्दा महिला उम्मेदवार रहने गरी मनोनयपत्र पेस गर्नुपर्ने उल्लेख छ।

‘…उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ।

ऐनको उपददफा १७ को ४ मा अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था छ।

‘उपदफा (१) बमोजिम मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ उपदफा ४ मा भनिएको छ।

स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन्। नेपाल मजदुर किसान पार्टी, मंगोलनेशनल अर्गनाइजेसन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च्, राष्ट्रिय प्रजातन्त्र पार्टी, आमजनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका दल दर्ता भएका छन्।

त्यस्तै जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेसनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बी.पी.), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल दर्ता भएको आयोगले जनाएको छ। स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ।

 

 

यी ३४ ठाउँमा हुँदैछ उपनिर्वाचन

प्रकाशित: १ कार्तिक २०८१ १५:१९ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast