शिक्षामन्त्री भट्टराई भन्छिन् : शिक्षक तालिमको जिम्मा कसले लिने?

हिमाल प्रेस ३० असोज २०८१ १३:२९
334
SHARES
शिक्षामन्त्री भट्टराई भन्छिन् : शिक्षक तालिमको जिम्मा कसले लिने?

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षक तालिमको जिम्मा कसले लिने भन्दै प्रश्न गरेकी छन्।

‘शिक्षक तालिमका कुरा अप्ठ्यरोमा परेको छ। मैले सुरुदेखि नै भनेकी छु, शिक्षक तालिमको जिम्मा कसले लिने? शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एउटा छलफलमा बोलाइएको बेला मैले प्रदेश शिक्षा निर्देशनालयका प्रमुखहरूलाई भनेकी थिएँ– शिक्षक तालिमको जिम्मा प्रदेशले लिनुपर्छ। भक्तपुरको सानोठिमीस्थित एक शैक्षिक कार्यक्रममा मन्त्री भट्टराईले भनिन्।’

उनको भनाइमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा सोसम्बन्धी तीनवटै तह (केन्द्र, प्रदेश र स्थानीय) को सहकार्यको कुरा छ।

शिक्षक तालिमको जिम्मा प्रदेशले लिनुपर्ने र केन्द्रले मनिटरिङ गर्नुपर्ने मन्त्री भट्टराईले बताइन्। त्यसो हुँदा शिक्षकमा दक्षता हासिल हुने उनको तर्क छ।

भौतिक रूपमै उपस्थित भएर, गराएर र भर्चुअल रूपमा विश्वविद्यालयसँगको समन्वयमा शिक्षकलाई तालिम दिन सकिने मन्त्री भट्टराईले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =