वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा

हिमाल प्रेस ३० असोज २०८१ ८:०३ | Wednesday, October 16, 2024
वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौँ- इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै वेस्ट इन्डिज आईसीसी महिला ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। वेस्ट इन्डिजको जितसँगै इङ्ल्यान्ड, बंगलादेश र स्कटल्यान्ड समूह ‘बी’ बाटै घर फर्किए। दक्षिण अफ्रिका समान ६ अंक रहेपछि दोस्रो स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेको हो।

टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डले सात विकेट गुमाउँदै एक सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा वेस्ट इन्डिजले चार विकेट गुमाउँदा १८ ओभरमै जित पक्का गरेको हो। ओपनरद्वय हेली म्याथ्युसले ५० र क्विना जोसेफले ५२ रन बनाएपछि वेस्ट इन्डिजले सहज जित निकालेको थियो।

योसँगै सेमिफाइलन समिरकण पूरा भएको छ। समूह ‘ए’ बाट अस्ट्रेलिया र न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाए। सेमिफाइलनमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्युजिल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुने तालिका छ।

प्रकाशित: ३० असोज २०८१ ८:०३ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast