कांग्रेस केन्द्रीय सदस्य बालुवाटारबाट पक्राउ

हिमाल प्रेस २९ असोज २०८१ २१:०२
28
SHARES
कांग्रेस केन्द्रीय सदस्य बालुवाटारबाट पक्राउ

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय अजयबाबु शिवाकोटी बालुवाटारबाट पक्राउ परेका छन्। उनलाई प्रहरी मंगलबार साँझ ६ बजे बालुवाटारबाट पक्राउ गरेको हो।

बीर अस्पतालमा स्वास्थ्य जाँच गरेर उनलाई मालिगाउँ प्रहरी वृत्त लगिएको बताइएको छ।

निर्मला कुर्मीलाई न्याय माग्दै नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि गाडीबाट ओर्लिएर हेर्न गएका बेला प्रहरीले आफूलाई पक्राउ गरेको सिवाकोटीले बताएका छन्।

आफ्नोबारेमा जानकारी दिए पनि प्रहरीले दुव्र्यवहार गरेर पक्राउ गरेको उनको भनाइ छ। मोबाइलमा भएका तस्बिरहरू प्रहरीले हटाउनसमेत लगाएको उनले बताएका छन्।

प्रहरीले शिवाकोटीसहित सात जनालाई पक्राउ गरेको छ।

प्रकाशित: २९ असोज २०८१ २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =