गोरखामा युवतीको हत्या

हिमाल प्रेस २४ असोज २०८१ १८:५० | Thursday, October 10, 2024
गोरखामा युवतीको हत्या प्रतीकात्मक तस्बिर।

गोरखा– गोरखामा एक युवतीको हत्या भएको छ। जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो। कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी निरीक्षक कार्कीले बताए।

मृतक कुमालको दाहिने गर्धन, बाँयातर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार भएको छ। हत्या कसले गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २४ असोज २०८१ १८:५० | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast