पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

हिमाल प्रेस २२ असोज २०८१ २०:५५
18
SHARES
पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट होटेल संघ नेपाल पोखराद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलन। तस्बिर : रासस

गण्डकी- पर्यटन राजधानी पोखराका होटेलमा दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ। होटेल संघ नेपाल पोखराद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले चाडपर्वलाई लक्षित गरी संघ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको जानकारी दिए।

यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई उनले अनुरोध गरे। भ्रमण र पदयात्राका लागि पोखरा र सिंगो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप विगत केही वर्षदेखि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइएको उनले बताए।

संघका महासचिव राजेन्द्र ढकालले भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, हवाई दुर्घटनालगायत कारणले सिथिल भएको पर्यटन क्षेत्र हालैको वर्षापछिको बाढीपहिरो तथा डुबानले थप प्रभावित भएको धारणा राखे।

प्रकाशित: २२ असोज २०८१ २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast