नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

हिमाल प्रेस २२ असोज २०८१ १६:२१
10
SHARES
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट सेयर बजार

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दमलव ३९ अंकले ओरालो लागेर दुई हजार छ सय ६३ दशमलव ३२ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५५ अंकले ओरालो लागेर चार सय ८० दशमलव २३ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। कूल एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर रु. चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ मूल्यमा खरिद–बिक्री भएको छ।

नेप्सेका अनुसार, मिड सोलु हाइड्रोपावर १०, बुटवल पावर कम्पनी छ दशमलव ८३, माण्डु हाइड्रोपावर छ दशमलव ३१, प्रभु स्मार्ट फन्ड पाँच दशमलव ९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले कमाएका छन्।

इस्टर्न हाइड्रोपावर आठ दशमलव ५०, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव २४, नेपाल फाइनान्स छ दशमलव ९८, बोटलर्स नेपाल तराई पाँच दशमलव ८८ र कालीञ्चोक दर्शनका लगानीकर्ताले पाँच दशमलव ५० प्रतिशतले गुमाएका छन्।

प्रकाशित: २२ असोज २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =