संसद्को हिउँदे अधिवेशनमा शिक्षा विधेयक पेस हुन्छ : सभापति थापा

हिमाल प्रेस २० असोज २०८१ ८:१९
950
SHARES
संसद्को हिउँदे अधिवेशनमा शिक्षा विधेयक पेस हुन्छ : सभापति थापा शिक्षा समिति सभापति अम्मरबहादुर थापा। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक–२०८० संसद्‌मा पेस गर्ने बताएका छन्।

विश्व शिक्षक दिवसको अवसरमा नेपाल शिक्षक महासंघले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले सो कुरा बताएका हुन्।

उनको भनाइमा गत भदौमा संसद्‌मा दर्ता भएको विधेयकमाथि संशोधन हालेका संशोधनकर्तासँगको छलफल सकिएको छ। आगामी २६ गतेदेखि विधेयकमाथि दफावार छलफल सुरु हुने उनले बताए।

शिक्षा विधेयकमा शिक्षकको तलब बढाउने र सेवासुविधाबाहेक शिक्षा परिवर्तन गर्ने कुरा नभएको र यही विधेयक संसद्‌मा पेस गरे त्यसले नेपालको शिक्षामा परिवर्तन नहुने थापाले बताए।

सभापति थापाले अबको शिक्षा कस्तो हुने भन्नेबारे मोडेल तयार गर्नुपर्ने तथा केही प्रावधानहरूलाई परिवर्तन गरेर मात्रै संसद्‌मा पेस गर्ने बताए।

प्रकाशित: २० असोज २०८१ ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =