इजरायली आक्रमणमा परी हमासका एक नेताको परिवारसहित मृत्यु

हिमाल प्रेस १९ असोज २०८१ १५:११
इजरायली आक्रमणमा परी हमासका एक नेताको परिवारसहित मृत्यु तस्बिर : एपी

काठमाडौँ- इजरायली आक्रमणा परी हमासको सशस्त्र दलका एक नेताको मृत्यु भएको छ। उत्तरी लेबनानको त्रिपोली सहरमा इजरायली आक्रमणमा परी हमासका नेता सईद अताल्लाह र उनका परिवारका तीन सदस्यको मृत्यु भएको हो।

प्यालिस्टाइनी शरणार्थी शिविरलाई लक्षित गरेर इजरायलले यो आक्रमण गरेको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

इजरायलको सेनाले यो घटनाप्रति कुनै प्रतिक्रिया दिएको छैन। हमासनजिक एक अखबारका अनुसार त्रिपोली सहरस्थित बेदावी शरणार्थी शिविरमाथि आक्रमण भएको हो।

लेबनानी अखबार ‘अन नहार’ ले इजरायली आक्रमणमा हमास नेता सईद, उनकी श्रमती र दुई सन्तानको मृत्युु भएको जनाएको छ।

प्रकाशित: १९ असोज २०८१ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =