भन्सार छलेर सामान ल्याउन खोज्ने तीनजना सशस्त्र प्रहरीलाई कारबाही

हिमाल प्रेस १८ असोज २०८१ १८:१६
18
SHARES
भन्सार छलेर सामान ल्याउन खोज्ने तीनजना सशस्त्र प्रहरीलाई कारबाही

काठमाडौँ- विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई कारबाही प्रक्रियाअगाडि बढाइएको छ।

कार्यालय प्रयोजनका लागि भन्दै निजी गाडीमा विभिन्न किसिमका लत्ताकपाडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, हवल्दार मोहन भट्ट र सहायक हवल्दार रामबहादुर कुवँरमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरूलाई ३४ नम्बर गण कैलालीले नियन्त्रणमा लिएको थियो।

यसैबीच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनावश्यक दु:ख दिएको र पैसासमेत असुलिएको भन्ने गुनासोका आधारमा निगरानी बढाइएको सशस्त्रले जनाएको छ। अहिले सशस्त्रले सादा पोषाकका प्रहरी खटाएर निगरानी गर्न सुरु गरेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।

प्रकाशित: १८ असोज २०८१ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =