‘पूर्ण बहादुरको सारङ्गी’ को तेस्रो गीत ‘मैझारो’

हिमाल प्रेस १८ असोज २०८१ १४:२६
12
SHARES
‘पूर्ण बहादुरको सारङ्गी’ को तेस्रो गीत ‘मैझारो’

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत सार्वजनिक भएको छ। घटस्थापनाको अवसरमा ‘मैझारो’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा उनकै शब्द र संगीत छ। गीतमा प्रेमीले छाडेपछि गाउँगाउँ पुगेर सारङ्गी बजाउँदै हिड्ने पूर्णबहादुर (विजय बराल) ‍को कथा समावेश गरिएको छ।

यसअघि फिल्मका ‘दाहिने हातैमा’, काँधेकुरी बोलको गीत सार्वजनिक गरिएको थियो। फिल्म आगामी कात्तिक १५ मा लक्ष्मीपूजाको दिन प्रदर्शन हुनेछ। महेश दवाडीकाे पटकथा र संवाद रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन्।

फिल्ममा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेललगायत कलाकारको अभिनय छ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =