प्रदर्शनमा ‘बेहुली फ्रम मेघौली’

हिमाल प्रेस १७ असोज २०८१ ११:२१
4
SHARES
प्रदर्शनमा ‘बेहुली फ्रम मेघौली’

काठमाडौँ-  असोज १७ अर्थात् आज दसैँको घटस्थापनादेखि फिल्म ‘बेहुली फ्रम मेघौली’प्रदर्शन भइरहेको छ। निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मका लेखक तथा निर्देशक सजन काफ्ले र आकाश बराल हुन्। फिल्म विवाहको कथामा आधारित छ।

एकल प्रदर्शन भएको फिल्मले पहिलो दिन देशैभर ३४० सो पाएको छ। बिहानी सो उत्साहजनक रहेको निर्माण टिमले जनाएको छ। सोमबारबाट देशभरका मल्टीप्लेक्सले फिल्मको बुकिङ सो खुलाएका थिए। उपत्यकाका केही सो हाउसफुल भएका छन्। फिल्ममा समावेश गरिएको उडायो मन, छड्के सलाम गीतले निकै चर्चा बटुलेको थियो।

फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा बनेको फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन्। कार्यकारी निर्मातामा फिरोज खड्का र शंकर पाण्डे छन्। अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्म नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन छ।

बुधबार (हिजो) निर्माण टिमले भक्तपुरस्थित भाटभटेनीको क्यूफएएक्स हलमा प्रिमियर सो आयोजना गरेको थियो। राजनितिज्ञ तथा सेलिब्रेटीहरुको बाक्लो उपस्थिति रहेको सो मा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का ट्याक्टर चलाएर पुगेकी थिइन्। फिल्मका पनि उक्त दृश्य छ।

फिल्म हेरिसकेपछि अभिनेता हरिवंश आचार्यले स्वस्तिमाको अभिनय र ‘क्लाइमेक्स’को विशेष प्रशंसा गरे। ‘छोरी भनेको बुबाआमाको बोझ होइन् भनेर फिल्मले राम्रो सन्देश दिन खोजेको छ। यसले छोरीको बिहे गरिहाल्नुपर्छ भन्ने पुरानो सोचलाई चिर्छ’, उनले भने।

अभिनेत्री निरुता सिंहले फिल्म इन्टरटेनिङ बनेको बताइन्। फिल्मले एक सेकेन्डपनि माइन्ड डाइभर्ट हुन दिँदैन। हरेक सिन राम्रो र सन्देशमुलक छ।’ उनले भनिन्।

प्रिमियरमा निर्देशक अशोक शर्मा, दीपेन्द्र के खनाल, रेनशा वान्तवा राई, प्रदीप भट्टराई, शोभित बस्नेत, अभिनेता आशुष्मान देशराज जोशी, आशीर्वाद बि क्षेत्री, विरेन श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की, आना शर्मालगायत थुप्रै कलाकार, निर्देशक र पत्रकार उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =