‘बेहुली फ्रम मेघौली’ ले पायो देशैभर ३३५ शो

हिमाल प्रेस १६ असोज २०८१ १९:०३
10
SHARES
‘बेहुली फ्रम मेघौली’ ले पायो देशैभर ३३५ शो

काठमाडौँ- असोज १७ बाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै शो पाउने फिल्म बनेको छ। वितरक अशोक शर्माले ‘बेहुली फ्रम मेघौली’ले ३३५ शो पाएको जानकारी दिएका छन्।

काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको हो। अहिलेसम्म ठूला ब्यानर र पपुलर ब्रान्डका सिनेमा रिलिज हुँदा पनि यति धेरै शो नपाएको उनको भनाइ छ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा लगानी उनीहरूकै छ। फिल्म सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको हो।

निश्चल र स्वस्तिमासँगै सिनेमामा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय छ। सिनेमाले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गरेको छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस‍्को ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी छ।

जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ।

प्रकाशित: १६ असोज २०८१ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =